नयाँपुस्ता/काठमाडौं । ‘गुठी सम्बन्धी बिधेयक–२०७५’’ को बिषयलाई लिएर दुबै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी नै चलेको छ ।
हिजोको संसद बैठकका पनि यहि बिषयले प्राथमिकता पायो भने आजको वैठकमा पनि घोचपेच चलिरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले गुठी सम्बन्धी बिधेयक–२०७५ को शान्तिपूर्ण बिरोध गरेकाहरुलाई सरकारले प्रहरी प्रशासन लगाएर दमन गरेको भन्दै आपत्ती प्रकट गरिरहेको छ ।
आजको संसदमा पनि सत्तापक्ष यसको बचाउमा लागेको छ भने प्रतिपक्षले आक्रामक रुपमा प्रश्न गरिरहेको छ । काँग्रेस प्रमुख सचेतक वालकृष्ण खाणले काठमाडौंको माईतीघर मण्डलामा शान्तिपूर्ण विरोध गरेकाहरुलाई वर्वतापूर्वक आक्रमण गरेर पानीको फोहरा प्रहार गर्नुका साथै माईतीघर मण्डललाको चौरमा बसेकाहरुलाई समेत सांघातिक आक्रमण गरेको भन्दै यसको नैतिक जिम्मेवारी सरकारले र गृह मन्त्रालयले लिने कि नलिने भनेर प्रश्न गरेका थिए ।
अहिले जारी प्रतिनिधि सभा बैठकमा काँग्रेस सचेतक पुष्पा भुसाल, डिला संग्रौंला, देवप्रकाश तिमल्सिना लगायतले लगायले प्रहरी दमनको बारेमा प्रश्न गरेका थिए ।
संसदको लाइभ भिडियो हेर्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
