सरकारद्वारा अष्ट्रेलिया, स्पेन, बंगलादेश र कतारसहित ४ देशका लागि राजदूत सिफारिश

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शमौ ओली नेतृत्वको सरकारले अष्ट्रेलिया, स्पेन, बंगलादेश र कतारसहित चार देशका लागि राजदूत सिफारिश गरेको छ।

भर्खरै सकिएको मन्त्रीपरिषदको बैठकले अष्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशमा डा. वंशिधर मिश्रलाई राजदूतमा सिफारिश गरेको हो ।

Advertisement

सिफारिस गरिएका राजदुतको संवैधानिक सुनुवाईपछि राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ । राजदूतमा सिफारिस भएका डा. वंशीधर मिश्र पूर्वमन्त्री हुन् ।

यसअघि सरकारले तीन देशका लागी राजदूत सिफारीस गरेको थियो । मन्त्रीपरिषदको बैठकले भारत, मलेसिया र युएईका लागी राजदूत नियुक्त गर्ने निर्णय गरेसँगै प्रक्रिया पुरा गरेर नियुक्त भएका छन्।

सरकारले भारतका लागी निलाम्बर आचार्य, मलेसियाका लागी उदयराज पाण्डे र युएईका लागी कृष्ण ढकाललाई राजदूत बनाउने निर्णय गरेको हो ।

More News last news
Loading...