काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ । जेठ २६ गते आइतबार भोटो जात्रा परेकाले उपत्यकामा सार्वजनिक विदा हुने भएको हो ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा अनुसार हिजो रथलाई लगनखेलको थतिटोलबाट तानेर जावलाखेलमा पुरयाइएकोले यसको चौथो दिन २६ गते भोटो जात्रा देखाइने गुठी तहसिल कार्यालय ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए।
बिभिन्न बहुमुल्य रत्न जडित भोटोलाई बिमान खटको चारै कुनाबाट देखाउने परम्परा छ। मच्छिन्द्रनाथको साइत हेर्ने ज्योतिष खलकका सदस्य दैवज्ञ किर्तिमदन जोशीका अनुसार देबलोक मत्र्यलोक मनुष्यलोक र नागलोकलाई चारै कुनाबाट भोटो देखाउने गरिएको हो।
साथै यो भोटो उपत्यकामा मच्छिन्द्रनाथ भित्रयाउने बन्धुदत्त बज्राचार्य, ललितज्यापु, राजा नरेन्द्रदेब लगायत कर्कोटक नागराजलाई पनि देखाउने परम्परा छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
