काठमाडौँ । प्रहरीले बौद्धमा गोली चलाएको छ। प्रहरीले अपराधिक समूहमा संलग्न रहेको आरोपमा छिरिङ तामाङलाई पक्राउ गर्न गोली चलाएको हो। प्रहरीको खोजीको सूचीमा रहेका छिरिङमाथि शुक्रबार दिउँसो बौद्ध अत्तरखेलमा गोली प्रहार भएको हो।
काठमाडौं उपत्यकामा विगतमा भएका डकैतीका घटनामा छिरिङ संलग्न थिए। उनलाई प्रहरीले खोजी गरिरहेको थियो। महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुल थापाले तामाङले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली प्रहार गरिएको बताए। विगतमा डकैती गर्ने तामाङ समूहका तीनजना पक्राऊ परिसकेका छन्। उनलाई पक्राऊ गर्न प्रहरी लामो समययता सक्रिय थियो।
गोली लागी घाइते तामाङलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। बढी रक्तश्रावका कारण उनको अवस्था चिन्ताजनक छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
