काठमाडौँ । भाईरल बनेकी गायिका समिक्षा अधिकारीले कभर गीत गाएकी छिन्। बालापनको उमेर, बाबा, ब्युटी ब्युटीलगायतका गीत गाएर चर्चामा आएकी समिक्षाले ‘अर्को जुनी’ बोलको गीतको कभर गाएकी हुन्।
सरोज ओली र मेलिना राईको स्वरमा रहेको गीतको भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज देखिएका थिए । ७० लाख भन्दा बढी पटक युट्युबमा हेरीएको यो गीतलाई समिक्षाले कभर गीतको रुपमा गाएकी हुन्।
उनले गाएको गीतलाई कार्टुन्ज क्रुले आफ्नो युट्युब च्यानलमार्फत प्रोमोशन गरेको छ। गीतमा दीनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
