यी उपाय अप्नाउनुभयो भने हुन्छिन् धनकी देवी लक्ष्मी प्रसन्न

लक्ष्मीलाई धनकी देवी भनिन्छ। लक्ष्मीको पुजा गरे धनी भइने जनविश्वास रहेको छ। यहाँ लक्ष्मीलाई खुसी तुल्याउने केही तरिका प्रस्तुत गरिएको छ।

घरमा कुवेरको मुर्ति राख्दा लक्ष्मी खुसी हुने विश्वास गरिन्छ। खासमा कुवेर पनि धनका मालिक हुन् र उनले लक्ष्मीको रक्षा गर्छन् । र कुवेरको मुर्ति राखिएको स्थान सफा हुनु पर्छ।

Advertisement

श्रीफल भनिने नरिवल चढाउँदा लक्ष्मी सबैभन्दा खुसी हुने धर्म शास्त्रमा उल्लेख छ। श्रीफलको अर्थ पनि लक्ष्मी नै हो । यो नरिवल सामान्य नरिवल भन्दा सानो हुन्छ।

त्यसै गरी पारोले बनाइएका जुन सुकै चित्र वा तस्विर पनि लक्ष्मीका लागि विशेष मानिन्छन्। घरमा पारोले बनेको लक्ष्मीको मुर्ती राख्नु निक्कै फलदायी मानिन्छ।

लक्ष्मी समुन्द्रबाट उत्पत्ती भएको मानिन्छ। मुंगा पनि समुन्द्रकै उत्पादन भएका कारण मुंगा लक्ष्मीलाई चढाउँदा धन प्राप्ती हुने विश्वास गरिन्छ।

त्यसैगरी चाँदीले बनेका लक्ष्मी र गणेशको मुर्ति सँगै राख्दा निक्कै फलदायी मानिन्छ। तर यस्ता मुर्तिको पुजा भने दैनिक रुपमा गरिनु पर्छ।

श्री यन्त्रको प्रयोग पनि लक्ष्मी खुसी पार्ने अचुक उपाय हो। यसको पुजा गर्दा लक्ष्मी खुसी हुने जनविश्वास छ।

कमलको वियों लक्ष्मीलाई चढाउँदा फलदायी हुने विश्वास छ। यसले घरमा धनको वृद्धि हुने मानिन्छ।

More News last news
Loading...