शास्त्र भन्छ, बिहीबार यी ४ काम गरे भाग्यले साथ छोड्छ

एजेन्सी । ज्योतिषशास्त्रका अनुसार हप्ताका सबै दिनको अलग अलग कारक ग्रह बताइएको छ। सोमबारको कारक ग्रह चन्द्र हो भने मंगलबारको मंगल, बुधको बुध, बिहीबारको गुरु, शुक्रबारको शुक्र, शनिबारको शनी र आइतबारको कारक ग्रह सूर्य हो। हरेक दिन कारक ग्रह अनुसार शुभ काम गर्नु पर्दछ र अशुभ कामबाट बच्नु पर्दछ। ज्योतिषाचार्य मनिष शर्माका अनुसार जानिराखौँ बिहीबार कुन कुन कामबाट बच्नु पर्दछ।

१) महिलाले कपाल ननुहाउनुहोस्
बिहीबार महिलाले कपाल नुहाउनु अशुभ मानिने गरिन्छ। यस दिनको कारक ग्रह गुरु हुन्। यिनलई वैवाहिक जीवनका कारक ग्रह मानिने गरिन्छ। बिहीबार कपाल नुहाउँदा गुरु ग्रह कमजोर हुने गुरुको कृपा प्राप्त नहुने शास्त्रमा उल्लेख छ।

Advertisement

२) कपाल नकाटनुहोस्
यदी तपाई बिहीबार कपाल काट्ने तथा सेभिंग गर्ने गर्नुहुन्छ भने आजैबाट यसलाई रोक्नुहोस्। यसो गर्दा गुरु ग्रह कमजोर हुने गर्दछन्।

३) सातामा बिहीबार पुछा नलगाउनुहोस्। वास्तुशास्त्रका अनुसार घरको उत्तर पूर्व दिशा अर्थात ईशान कोणको कारक ग्रह गुरु हुन्। घरको यस दिशामा पुछा लगाउँदा गुरु ग्रह अशुभ हुने शास्त्रमा उल्लेख छ। यसो गर्दा मानिसलाई भाग्यले साथ दिदैन्।

४) नङ नकाट्नुहोस्
यदी कसैले बिहीबार नङ काट्छ भने यसलाई अपशकुन मानिने गरिन्छ। यसो गर्दा काममा समस्या बढ्ने र वैवाहिक जीवनमा अशानित हुने गर्दछ।

More News last news
Loading...