भूकम्पसम्बन्धी अफवाह फैलाएको आरोपमा युवा ज्योतिष अर्जुन क्षेत्री पक्राउ

काठमाडौँ । आफूलाई ज्योतिष बताउने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै विपदसम्बन्धी अफवाह फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो। उनीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको परिसरका प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिए।

Advertisement

क्षेत्रीले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै भूकम्पसम्बन्धी अफवाह फैलाएको प्रहरीले बताएको छ।

More News last news
Loading...