काठमाडौँ । समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिने भएका छन् ।
सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयनका लागि जिम्मेवार नदेखिएको विषय उक्त दलभित्र जोडतोडले उठ्न थालेपछि यादवले सरकार छाड्ने भएका हुन्।
उपेन्द्र यादव निकट स्रोतका अनुसार अबको केही दिनमै समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिने भएको छ।
उपप्रधानमन्त्री सहित स्वास्थ्यमन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई पार्टीभित्रबाट सरकार छाड्ने दबाब छ।
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँगको एकतापछि उक्त पार्टीले सरकार छाड्नसक्ने संकेत देखिएको थियो।
बाबुराम र उपेन्द्रबीचको एकतालाई नेपाली राजनीतिमा तेस्रो शक्तिको बलियो उपस्थितिको तयारीका रुपमा समेत हेरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
