काठमाडौं । सुत्ने कोठा हाम्रो जीवनको महत्वपूर्ण स्थल हो । यहाँ हामीले दिनको २४ घण्टा मध्ये कम्तिमा ६ घण्टा भन्दा बढि नै विताउँछौं । अधिकाँश घरमा सुत्ने खाट वा पलङ मुनी विभिन्न चिज राख्ने चलन हुन्छ ।
तर यस्तो गर्नु बास्तु शास्त्रको दृष्टीले खराब मानिएको छ । सके सम्म सुत्ने बेडको मुनी राख्ने चिजको विषयमा सावधानी अपनाउनु पर्ने हुन्छ । खासगरी केही चिज त पलङ मुनी राख्नै नहुने बास्तु शास्त्रको भनाइ छ ।
शयनकक्षमा विभिन्न बास्तु दोष हुने हुँदा मानिसहरुलाई निद्रा नलाग्ने र अन्य समस्या आउने बताइन्छ । यसका लागि पनि सुत्ने पलङ मुनी राख्ने सामानको विषयमा विचार पुर्याउनु पर्ने हुन्छ ।
के के राख्नु हुँदैन पलङ मुनी ?
सुत्ने पलङमुनी गह्रौं बस्तु नराख्नुस्। यस्ले पलङ मुनी फोहोर मात्र गर्दैन। बास्तुको हिसावले तपाइँलाई तनाव पनि दिन्छ। त्यसैगरी धातुका सामग्री पनि सुत्ने पलङ मुनी राख्नु हुँदैन। खिया लाग्ने चिज सुत्नेस्थलमा हुनु घातक मानिन्छ।
सुत्ने पलङमुनि फोहोर पनि राख्नु हुँदैन। पलङमुनी फोहोर हुनु पनि नराम्रो मानिन्छ । सुत्दा ओड्ने च्यादर वा सिरानी पनि फोहोर हुनु नराम्रो मानिन्छ। यदि सयन कक्षमा ढोका छ भने त्यसलाई बन्द नै गरेको राम्रो मानिन्छ।
यी चिजहरुले अविवाहित ब्यक्तिको मनमा पनि विभिन्न नकारात्मक भावना आउने र गलत कार्य गर्ने खतरा रहेको बास्तु शास्त्रीहरुको दावी छ । विवाह पछि पनि यस्ता कुराले विभिन्न समस्या ल्याउन सक्छ।
बास्तु शास्त्र सकारात्मक र नकारात्मक उर्जाको सिद्दान्तमा आधारित हुन्छ । नकारात्मक उर्जा हुने गरी सामानहरु राखियो भने मनमा तनाव हुने र शारीरिकरुपमा पनि असहजता पैदा हुने बताइन्छ।
सकारात्मक उर्जाका लागि बास्तुमा ध्यान दिनु पर्छ।
छोरा छोरीको विवाह भएन भने पनि पलङमुनि राखिएका बस्तु हटाउँदा उनीहरुको विवाह हुने दावी बास्तु शास्त्रीहरुको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
