चर्चित गीत ‘ङोल्स्यो रामह्रानी’को छायाङ्कन सम्पन्न (भिडियो)

काठमाडौँ । सर्वाधिक चर्चामा रहेको गुरुङ्ग भाषामा आधारित चलचित्र राम्ह्रानिको शिर्ष गीत ङ्गोल्स्यो राम्ह्रानिको छायाङ्कन स्याङ्जाको ठुलीभन्ज्याङ्गमा सम्पन्न भएको छ।

नृत्य निर्देशक लब्सन गुरुङ र गणेश गुरुङको कोरियोग्राफिमा निर्माण भएको उक्त गीतलाई खिम बहादुर गुरुङले छायांकन गरेका हुन् । आदिम कला मन्च पोखराको विशेस सहयोगमा उक्त गीतको सुटिङ्ग भएको छ ।

Advertisement

लगातार १३ घण्टासम्म भएको सुटिङ्मा चलचित्रका नायक रामप्रसाद गुरुङ, नायिका इशा गुरुङ र नायिका सपना गुरुङ मुख्य भूमिकामा रहेका छन्। स्थानीय आमा समूह र सुर्यदय युवा क्लबको सक्रियतामा उक्त गीतलाई छायांकन गरिएको थियो।

गुरुङ चलचित्र जगतका लोकप्रिय गायक मनोज गुरुङको शब्द संगीत तथा स्वरमा रहेको उक्त गीतमा चर्चित गायिका मिलन आमात्यको पनि आवाज रहेको छ।

यहि जेठ मसान्तसम्म सो गीतको भिडियो बजारमा ल्याउने तयारी गरेको कम्पनीका अध्यक्ष बिबेक गुरुङले बताएका छन् । चलचित्र निर्माणमा हङ्कङ्बाट जंग बहादुर गुरुङ भूपू र धनराज गुरुङ्गले साथ दिएका छन् ।

चलचित्रमा राम प्रसाद गुरुङ, सपना गुरुङ, सुशान गुरुङ, इशा गुरुङ्को मुख्य भूमिका रहेको छ भने स्थानीय कलाकारहरुले पनि स्क्रिन सेयर गरेका छन्। चलचित्र जनक गुरुङले निर्देशन गरेका हुन् ।

More News last news
Loading...