काठमाडौं, १९ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पार्टी एकताको विषयमा निर्णायक छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालको पनि सहभागिता थियो।
स्रोतकाअनुसार प्रचण्डसँग छलफल गर्नुपुर्व ओलीले नेता नेपालसँग छलफल गरेका थिए। त्यसपछि प्रचण्डसहितको छलफलमा ओली जुटेका थिए। करिब तीन घण्टा भएको छलफलमा पार्टी एकतालाई तत्काल टुँगो लगाउने समझदारी भएको छ।
शीर्ष नेताहरुबीचको विवादका कारण सचिवालय बैठक केही दिन ढिला सारिएको थियो। सचिवालय बैठक अब भोलि विहान बस्ने बुझिएको छ। अध्यक्ष प्रचण्डले आफू र ओलीले सरकारको नेतृत्व आलोपालो चलाउने भनेर अभिव्यक्ति दिएपछि उत्पन्न राजनीतिक तरंगलाई मध्यनजर गर्दै ओलीले आजको छलफल डाकेको बुझिएको छ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले आफू र ओलीबीच सरकारको नेतृत्वपनि आलोपालो चलाउने सहमति भएको खुलासा गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
