काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा देखिएका छन्।
उनले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आलोपालो सरकार चलाउनुपर्ने नयाँ धारणा सार्वजनिक गरेसँगै गौतमको मौनता भंग भएको हो।
शुक्रबार प्रेस संगठन प्यूठानले जुर्मिमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले भने, ‘ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा पुष्पकमल दाहालको रहेको र सबैलाई मिलाएर लैजान पनि अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुन नहुने, नेतृत्व परिवर्तन गर्न नेकपा दुइ अध्यक्षबीच भएको सहमति कार्यन्वयन हुनुपर्छ ।’
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता गौतमले सहमति जे भएको हो त्यो सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिनेपनि चिन्ता व्यक्त गरे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
