उद्योगपति प्रभाकर शम्शेर राणाको ८४ वर्षको उमेरमा निधन

काठमाडौँ । उद्योगपति प्रभाकर शम्शेर राणाको ८४ वर्षको उमेरमा निधन भएको छ।

अमेरिकाको न्यूयोर्कमा उपचार गराईरहेका राणको बिहीबार निधन भएको हो।

Advertisement

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडर्सका संस्थापक रहेका राणा केही समय अघिदेखि बिरामी थिए।

ढाडको समस्या देखिएपछि उनी ११ महिनादेखि उपचारका लागि अमेरिकामा थिए।

सोल्टी होटल, सिप्रदी, सूर्य नेपाल, भोटेकोशी र अमरावती इन्टरनेशनललगायतका कम्पनी स्थापना र सञ्चालमा उनको योगदान छ।

राणाको शनिबार न्यूयोर्कमा नै दाहसंस्कार गरिने र दाहसंस्कारपछि बाँकी काम काठमाण्डौमा गरिने पारिवारिक स्रोतले जनाएको छ।

More News last news
Loading...