क्रिस्चियन धर्म प्रचारकबाट प्रधानमन्त्री ओलीलाई विद्यावारिधिको उपाधि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि लिएको खुलासा भएको छ।

शिक्षाका नाममा धर्मप्रचार गर्दै आएको दक्षिण कोरियाको काङ्नाम विश्वविद्यालयले काठमाडौंमा बुधबार प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।

Advertisement

काङ्नामको धर्मप्रचार गर्ने स्वार्थ थाहा पाएपछि ‘विशेष आवश्यकता शिक्षा’ (स्पेसल निड्स एजुकेसनरएसएनई) मा गरिएको सहकार्य त्रिभुवन विश्वविद्यालयले तोडेको थियो ।

काङ्नामले एसएनई विषय पठनपाठनका निम्ति सहकार्य गर्ने गरी डेढ दशकअघि त्रिविसित समझदारी (एमओयू) गरेको थियो ।

More News last news
Loading...