रारा ताल नजिकै भूकम्पको धक्का, सर्वसाधारण त्रसित

काठमाडौं । हिजो बिहीबार सर्वसाधारणले एकाएक भूकम्पको धक्का महसूस गरेका छन् ।

कर्णाली प्रदेशको मुगु जिल्लामा भूकम्पको धक्का महसूस गरिएको हो । भूकम्पको केन्द्रबिन्दू रहेको ठाउँ बहुचर्चित रारा ताल नजिकै पर्छ ।

Advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार १० बजेर १ मिनेटमा भूकम्प गएको हो । भूकम्प ४.६ म्याग्निट्यूडको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ।

                                                                                    राष्ट्रिय भूकम्प मापन केन्द्रको तालिका

भूकम्पको धक्का महसूस भएपछि सर्वसाधारण घरबाहिर निस्किएका थिए। यसअघि जेठ ११ गते बझाङमा भूकम्पको धक्का महसूस भएको थियो।

More News last news
Loading...