सरकारी कर्मचारी कसको तलब कति बढ्यो ? (सूचीसहित)

काठमाडाैं । सरकारले कर्मचारीको तलब २० प्रतिशत वृद्धि गरेको छ। बुधबार आर्थिक वर्ष २०७६–७७ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलब वृद्धि भएको घोषणा गर्नुभएको हो।

बजेट भाषण अनुसार राजपत्र अनंकित श्रेणी (अधिकृत तल)का कर्मचारीको तलब २० प्रतिशत बढ्ने छ भने राजपत्राङ्कित (अधिकृत र त्यो भन्दा माथि) को तलब १८ प्रतिशतले बढ्ने छ।

Advertisement

पोशाक भत्ता, महंगी भत्तालगायतका अन्य सुविधा भने यथावत रहने छन्। सरकारी कर्मचारीको तलब यो पटक तीन वर्षपछि वृद्धि भएको हो। शिक्षक, कर्मचारी, सेना, पुलिसलगायत सरकारी तलब खाने सबैको तलब २० प्रतिशतले बढ्ने भएको हो। अन्नपूर्ण पाेस्ट् दैनिकले छापेकाे छ।
कस्को कति ?

More News last news
Loading...