थापाथलीमा रूख ढलेपछि अवरूद्ध बाटो खुल्यो ✍️ नयाँपुस्ता डटकम १५ जेष्ठ २०७६, बुधबार २०:१४ काठमाडौँ । राजधानीको थापाथलीमा बुधबार साँझ रूख ढल्दा केहीबेर सडक अवरूद्ध भएको छ। साँझपख हावाहुरीसँगै आएको असिना पानीले थापाथली चोकमा रूख ढलेको थियो। प्रहरीले रूख पन्छाएर दुबैतर्फको बाटो खुला गराएको छ। रूख ढलेर केहीबेर बाटो अबरूद्ध भए पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ। Advertisement