ज्योतिष शास्त्र यो आफैमा एउटा ठुलो शास्त्र हो । यो कसैले बिश्वास गर्छन त कसैले गर्दैनन् त्यो आ आफ्नो विचारको कुरा हो। बिकशित मुलुकमा पनि यसलाई मान्यता दिएको पाइन्छ । यो मान्न पर्छ नै भन्ने पनि छैन तर सपनाको बारेमा पनि यस शास्त्रले बर्णन गरेको पाइन्छ । तेस्तै सपनामा देखिने हरेक कुराको शुभ र अशुभ फल हुन्छ जस अनुशार बिशेष गरि महिलाको बारेमा देखिने सपनाको कुरा यहाँ उल्लेख गरिएको छ।
१.यदी सपनामा परि देखियामा उसलाई अतुल्य धन प्राप्त हुन्छ।
२. सपनामा प्रेमीकाको साथमा यात्रा गरिरहेको देखियमा उसको दाम्पत्य जीवन अत्यन्त सुखद रहन्छ।
३.सपनामा बुर्का लगाएको महिला देखिएमा उसको मित्रले उसलाई धोका दिएको हुन्छ। एदी कुनै पनि मानिसले सपनामा कुनै स्त्री को चुम्बन या उसको साथ् यौन सम्पर्क गरेको देखेमा उसलाई अचानाक धन प्राप्ति हुन्छ।
४.यदि सपनामा महिलाले पछौरी सग खेलिरहेको देखेमा राज्यबाट सम्मान र धन सम्पतिको वृद्धि हुन्छ।
५.यदि कोहि पुरुसको सपनामा सुनौलो कपाल भएको महिला देखियमा उसको बिबाह कुनै धनि परिवारको युवती सग हुन जान्छ।
६.सपनामा आफ्नो प्रेमीकाको कपला रातो देखेमा आउने समयमा उसको प्रेमिकालाई दुराचारको आरोप लाग्न सक्छ।
७.जुन पुरुषको सपनामा गहु गोरो रंगको सुन्दरीस्त्रीले अँगालो मारेको देखेमा उसलाई तुरुन्तै धनी हुने योग मिल्छ ।
८.जुन पुरुषको सपनामा प्रेमीकाले छोडेको देखिन्छ , उसलाई आफ्नो जीवन कालमा धेरै धन प्राप्ती हुन्छ।
९.यदि कोहि मानिसको सपनामा कुनै युवतीको कानमा टप, झुम्का लगाएको देखेमा उसलाई छिटै शुखद समाचार मिल्न जान्छ र सपनामा कुनै महिलाले सेतो घुम्टो निकालिरहेको देखेमा उसको दाम्पत्य जीवन सुखमय ब्यतित हुन्छ। सपनामा कुनै युवती सजियर साथिहरुको साथमा आफूतिर फुलको हार लियर आएको देखेमा उसको जीवनमा सफलता हाशिल हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
