गीतकार दिलिप योञ्जन र लक्ष्मी योञ्जनद्धारा विद्यार्थीलाई ३ लाख ५ हजार सहयोग

काठमाडौँ । अमेरिका निवासी, साहित्यकार तथा गीतकार दिलिप योञ्जन तामाङ र लक्ष्मी गुरुङ तामाङद्धारा काठमान्डौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ तौलुङमा अवस्थित श्री जय भद्रकाली आधारभूत विद्यालयका ५२ जना विद्यार्थीहरुलाई पूर्ण भर्ना, विद्यालय पोशाक (ट्रयाकसुट र सर्ट पाइन्ट), जुत्ता (सेता र कालो), कपी कलम लगायतका ३ लाख ५ हजार ४ सय बराबरको छात्रावृत्ति उपलब्ध गराएका छन्।

गत शैक्षिक सत्रमा ५२ जना विद्यार्थीलाई उपलब्ध गराइएको पूर्ण छात्रावृत्तिलाई यस शैक्षिक सत्र मा पनि निरन्तरता दिदै यस शौक्षिक सत्रमा पनी निरन्तरता दिइएको दिलिप योञ्जनले बताए।

Advertisement

उनले विगत ३ वर्ष देखी सो विध्यालयमा अध्ययनरत बालबालिकाको लागी आर्थिक सहयोग गर्दैँ आएका छन्। गरिबी कै कारण पढ्न लेख्नबाट बञ्चित नहुन भन्ने आफनो चाहना रहेकोले आफुले सहयोग गरेकोे उनले बताए। आफू सामुदायिक विद्यालयकै उत्पादन भएकोले पनि सामुदायिक विद्यालयमा पढ्न आउने केटाकेटीहरुको मनोविज्ञान र आर्थिक अवस्थाबारे राम्रो जानकारि रहेको बताए।

ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउने वर्गका केटाकेटी अध्ययन गर्ने सामुदायिक विद्यालयमा यसरी यति ठूलो मात्रामा छात्रावृत्ति पाउनु भनेको केटाकेटीहरुलाई पढ्ने वातावरण सहज गराउनु निकै स्वागत योग्य काम भएको विद्यालयका प्र.अ. बासुदेव थापाले बताए।

आगामी दिनमा पनि गीतकार तथा समाजसेवी दिलिप योञ्जनबाट आफनो विध्यालयका लागी सहयोग जुटने आशा बादी रहेको उनले बताए।

More News last news
Loading...