काठमाडौं विस्फोटमा ज्यान गुमाउने चारै जना विप्लवका कार्यकर्ता

काठमाडौँ । काठमाडौंमा भएको श्रृङ्खलाबद्ध बम विस्फोटमा ज्यान गुमाउने चारै जना विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको पुष्टी भएको छ।

सुकेधारास्थित एक सैलुनमा बम बनाउने क्रममा विस्फोट हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको थियो भने अन्य २ जनाको उपचारका क्रममा ओम अस्पतालमा ज्यान गएको थियो।

Advertisement

घटनामा अन्य ५ जना घाइते भएका छन्। आज नेकपाले विज्ञप्ति जारी गर्दै काठमाडौँ बम विष्फोटमा मारिने चारै जना आफ्ना कार्यकर्ता रहेको स्वीकारेको हो।

मृत्यु हुनेमा कालिकोटका विभुराम भन्ने दिपेश विक, दाङको बबई गाउँपालिकाका गोकुल रानामगर र ठेगाना नखुलेका निरन्तर मल्ल रहेका छन्।

त्यस्तै प्रज्वल शाहीको भने घट्टेकुलो बिस्फोटमा ज्यान गएको थियो।

हेर्नुहोस् नेकपाको विज्ञप्ति

More News last news
Loading...