काठमाडौं । राजधानीका विभिन्न स्थानमा एक पछि अर्को स्थानमा बम विस्फोट हुने क्रम वढेपछि गृहमन्त्रालयमा सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले देशभरको सुरक्षा व्यवस्था चुस्त बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । बैठकमा बादलले देशभरको सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको भन्दै घटनाप्रति दुख व्यक्त गरेको जानकारी दिए ।
आइतबार राजधानीको सुकेधारा र अनामनगरमा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ भने लगनखेल, नागढुंगालगायतका स्थानमा पनि बम विस्फोट भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
