ओमनमा बंगालीद्वारा नेपाली युवतीको हत्या, बर्दियाकी युवतीको रहस्यमय मृत्यु

काठमाडौँ । ओमनको पर्यटकीय सहर सललाहामा कार्यरत लेटाङ–मोरङकी २५ वर्षीय अप्सरा दाहाल सार्कीको जेठ ३ गते हत्या भएको छ ।

त्यस्तैगरी बर्दियाकी २१ वर्षीय सुनिता सार्कीको रहस्यमय मृत्यु भएको छ । मस्कटस्थित नेपाली दूतावासका अनुसार दुवै घटनाको अनुसन्धान भइरहेको छ।

Advertisement

दुवै जनाको शवलाई अल सुल्तान कावुस अस्पतालमा राखिएको छ। ‘अप्सरालाई चक्कु लागेको अवस्थामा प्रहरीले फेला पारेको सूचना प्राप्त भएको छ,’ ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले भनिन् ,‘घटनाको अबस्था बुझ्न श्रम सहचारीलाई सल्लाह पठाउँदैछौं।’ मस्कटबाट सललाह झन्डै एक हजार किलोमिटर टाढा पर्छ।

प्रहरीले अप्सरासँगै बस्दै आएका एक बंगालीलाई पक्राउ गरेको छ। २२ महिना अघि ओमन पुगेकी अस्सरा घरमालिक छोडेर बंगलीसँग बस्दै आएकी थिइन्। अप्सराको शरीरभरी चक्कु प्रहार भएको थियो। उनको उपचारको क्रममा अस्पतालमै ज्यान गएको हो।

More News last news
Loading...