सिंहदरबारकै छेउमा बम बिस्फोट, ३ को मृत्यु, ६ घाइते

काठमाडौं । मुलुकको प्रशासनिक केन्द्र नजिकै रहेको अनामनगरमा र शुकेधारामा आइतबार दिउँसो बम बिस्फोट भएको छ । दुबै स्थानमा सिलिण्डर बम बिस्फोट भएको हो ।

बिस्फोटमा परी ३ जनाको मृत्यु भएको छ । सुकेधारामा २ र अनामनगरमान एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा ६ जना घाइते भएका  छन् । प्रहरीले स्थल पुगेर घटना अनुसन्धान गरेको छ ।

Advertisement

बा २९ प ८५९९ नम्बरको मोटर साइकलमा आएका केसीले नै अनामनगरको बम बिस्फोटमा संलग्न भएको पुष्टि भएको छ । बिस्फोटमा उनी समेत घाइते भएका छन् । केसी बम बिस्फोट लगत्तै मोटर साइकल छोडेर भाग्न कोशिस गरेका थिए ।

तर घाइते भएर हिड्न नसकेपछि अरुले समाएर अस्पता पुर्याएका हुन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । केसीले प्रयोग गरेको मोटरसाइल प्रहरीले नियन्त्रणमा लिएको छ।

More News last news
Loading...