एजेन्सी । ज्योतिषशास्त्रका अनुसार नामको पहिलो अक्षर का, की, कू, घ, ङ, छ, के, को, हा है, वे आउने व्यक्तिको राशि मिथुन हो। मिथुन राशिको स्वामी बुध ग्रह हो। ज्योतिषका अनुसार जानिराखौँ मिथुन राशि भएका व्यक्तिको स्वभाव ।
१) मिथुन राशि हुने व्यक्तिले दोस्रो व्यक्तिको मन पढ्न सक्ने हुन्छन्। यस राशिका व्यक्ति दूरदृष्टी बहुमुखी प्रतिभाका धनी हुने गर्दछन्।
२) मिथुन राशिको ग्रह बुध भएकाले यस राशिका व्यक्तिको स्वभाव रातो चिसो स्वरुपको हुने गर्दछ। सानो सानो कुरामा यी व्यक्ति अस्थिर हुने गर्दछन्।
३) मिथुन राशिका व्यक्ति जीवनसाथीका लागि सधै ढाडस बन्ने गर्दछन्। साथै घरेलु कारणले यिनीहरु सधै तनावमा रहने गर्दछन्।
४) यस राशिका व्यक्तिलाई वौद्धिक काममा सफलता मिल्ने गर्दछ। यस राशिका व्यक्तिका वौद्धिक क्षमता निकै हुने गर्दछ।
५) हरेक काममा जिज्ञासा र खोजी गर्ने भएकाले यस राशिका व्यक्ति सफल हुने गर्दछन्। यस राशिका व्यक्ति पत्रकार, लेखक, मिडियाकर्मी, भाषाविज्ञ तथा योजनाकार हुने गर्दछन्।
६) यस राशिका व्यक्तिमा एक मर्यादा हुने गर्दछ । जसले उनीहरुलाई धर्म कर्ममा प्रेरित गर्ने गर्दछ। यस्ता राशिका व्यक्ति सामाजिक र धार्मीक काममा लाग्ने गर्दछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
