काठमाडौं । काठमाडौँको टोखामा गोली चलेको छ। मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो।
लामो समयदेखि डकैतीमा संलग्न काले भनिने बिष्णु तामाङ प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका थिए। तामाङलाई पक्राउ गर्न गएको टोलीलाई हतियार देखाएपछि प्रहरीले उनीमाथि गोली चलाएको हो। हतियार देखाएर भाग्न खोजेपछि हामीले उनलाई नियन्त्रणमा लिनका लागि घुँडामुनि गोली हान्न बाध्य भएका हौँ, महानगरीय प्रहरी अपराध महाशाखाका एसपी केदार ढकालले भने। उनी लामो समयदेखि चोरी डकैती गरेर फरार रहेका थिए।
कालेलाई आज बिहान ६ बजेतिर प्रहरी टोली पक्राउ गर्न गएको थियो। गोली लागेर घाइते भएका कालेको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका काले तत्कालिन डिआइजीद्वय जयबहादुर चन्द र विश्वराजसिंह शाहीसहित बुढानिलकण्ठ एरियाका दर्जनौ घरमा श्रृखलावद्व चोरी र डकैतीमा संलग्न रहेका थिए। उनले यसअघि ६ वर्ष जेल सजाय भोगिसकेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
