धादिङ। कांकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ।
शनिबार साँझ कांकडभिट्टाबाट हिँडेको ना७ख ४३८७ नम्बरको बस आईतबार बिहहान गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो। अहिले सम्म मृत्युहुनेको संख्या ९ जना पुगेको प्रहरी निरिक्षक नवराज ढुङ्गेलले जानकारी दिएका छन्।
मृत्यु हुनेहरुमा काठमाडौं थानकोटका ५१ वर्षीय राज कुमार सुवेदी, इलामको कन्याम बस्ने ४६ वर्षीय विशाल गिरी, धादिङ बेनीघाट रोराङ गा. पा. ३ बस्ने ४३ वर्षीय राजन आचार्य, काठमाडौं चन्द्रागिरी न.पा बस्ने ४० वर्षीया सिता थपलिया, शेखर मगर, प्रकाश श्रेष्ठ र नामथर तथा ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुष, ३० ३२ वर्षीय पुरुष र अर्का २० २२ वर्षीय पुरुष रहेको उनले जानकारी दिए। दुर्घटनामा परी घाईते भएका २९ जनाको काठमाडौँ ट्रमा सेन्टरमा उपचार भईरहेको छ।
इलाका प्रहरी कार्यालय धादिङको विज्ञप्ती


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
