काठमाडौँ । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्।
ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस सडकबाट त्रिशुली नदीमा खसेको हो।
दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको शव बाहिर निकालिएको र एक जनाको शव पानीमै रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका २५ जनामध्ये ३ जनाको अवस्था गम्भीर छ। नम्बर ३ का प्रहरी प्रमुख डिआईजी दीपक थापाका अनुसार उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ। अन्यको गजुरी, आदमघाट र गल्छीका अस्पताल तथा हेल्थपोष्टहरुमा उपचार भइरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
