काठमाडौं । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ ।
ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस सडकबाट त्रिशुली नदीमा खसेको हो।
अहिले उद्धारकार्य जारी छ। समाचारको विस्तृत विवरण आउन बाँकी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
