काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अहङ्कारका कारण अहिलेसम्मका उपलब्धीहरु गुम्ने खतरा रहेको बताएका छन्।
शनिबार नेपाली कांग्रेस पर्वत काठमाडौँ सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेलले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै पौडेलले भने, ओली सरकारलले प्रेस माथिको नियन्त्रण, मानव अधिकार आयोगलाई माहान्यायधिवक्ता मातहतमा ल्याउनु, सुरक्षा परिषद्को निर्र्र्णयबिनै सेना परिचालन गर्नु, भ्रष्टाचार उर्लिँदै जानु, कुशासन बढ्नु, महँगी कमिशनको बिगबिगी, बिचौलियाहरूको राँइ दाँई, दलालिकरण बढाएको छ। यो उपलब्धी नै गुम्ने खतरा हो।
इतिहाँसकै सबैभन्दा बलियों दुई तिहाईको सरकार भएका बेला उपलब्धी शुन्य हुनुले असन्नतुष्टी बढनु स्वभाविक भएको भन्दै नेता पौडेलले यस्तो रबैयाले असमृद्धि मात्र नभइ जनताको तिब्र अविश्वास समेत बढ्ने बताए। उनले सरकारले यतिधैरै ज्याजति गर्दापनि कांग्रेस प्रति जनताको आकर्षण बढ्न नसकेकोमा दुख व्यक्त गरे।
उनले भने, रेडक्रसको चुनाव रोक्ने सरकारले अब लोकतन्त्रात्मक अभ्यास गर्न दिदैन्। अब कँग्रेसले जनतामा बिश्वास बढाउने गरि अभियान चलाउनुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
