अछाम । मंगलसेन नगरपालिकाको गाडिमा आगजनी गर्ने २ जना पक्राउ परेका छन् ।
मगलसेन नगरपालिका वडा नं. ५ स्थित नगरपालिका कार्यालयको परिसरमा पार्किङ गरी राखिएको गाडीमा आगजनी गरी नष्ट गर्ने कार्यमा संलग्न भएका मंगलसेन नगरपालिका वडा नं. ०१ का बर्ष १९ को दिपेन्द्र जैगडी र सोहि ठाउका बर्ष १९ को एकेन्द्र राज नाथ लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानको लागी हिरासतमा राखि अनुसन्धान कार्य भई रहेको प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहिले जानकारी दिए।
घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजि कार्यमा प्रहरी व्यापक रुपमा परिचालन गरिएको डिएसपी शाहीले बताए।
नगरपालिकाका मेयर पदमबहादुर बोहराले प्रयोग गर्दै आएको बा २ झ ३६९४ नम्बरको गाडीमा मंगलबार राती २ बजे आगजनि गरिएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
