विद्येयक फिर्ता लिन माग गर्दै मुखमा कालो पट्टी बाँधेर पत्रकारहरुको प्रदर्शन

विद्येयक फिर्ता लिन माग गर्दै मुखमा कालो पट्टी बाँधेर पत्रकारहरुको प्रदर्शन

काठमाडौँ । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकविरुद्ध उत्रिएका पत्रकारहरुले शुक्रबार संसद भवन अघि प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघको आव्हानमा राधजानीका विभिन्न मिडियामा आवद्ध पत्रकाहरुले उक्त विधेयक फिर्ता हुनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।

धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले पत्रकारहरु, मानव अधिकारकर्मीहरु सितिमिति सडकमा नआउने बताउँदै अत्यन्तै पीडित भएको अवस्थामा मात्रै सडकमा आउने बताए ।

उनले भने–‘अहिले हामी सडकमा आउनु भनेको कसैको विरुद्धमा भन्दा पनि लोकतन्त्रको पक्षमा सडकमा आएका छौँ । नागरिक अधिकारको पक्षमा सडकमा आएका छौँ । मानव अधिकारको पक्षमा सडकमा आएका छौँ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सडकमा आएका छौँ । हाम्रो संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रता भनेर लेखिएको छ । हाम्रो संविधानमा मानव अधिकारको प्रत्याभूति गरिएको छ । तर अहिले प्रेसलाई अंकुश लगाउने गरी संसदमा विधेयक दर्ता गरिसकेपछि हामीले विभिन्न ढंगले आवाज उठायौं, ध्यानाकर्षण पत्र बुझायौँ, ज्ञापनपत्र बुझायौँ तर कुनै पनि सुनुवाई नभएपछि बाध्य भएर आज हामी सडकमा आउनु परेको छ ।’

उनले सडकको आवाज लोकतन्त्रको र मौलिक अधिकारको आवाज रहेको बताउँदै यो आवाजको सुनुवाई नभएसम्म आन्दोलन नरोकिने बताए । उनले पत्रकार महासंघले नागरिक समाज, मानव अधिकारकर्मीको साथ पाएको बताउदै उठाएको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उल्लेख गरे ।

Advertisement

More News last news
Loading...