गोङ्गबु, नयाँबसपार्क क्षेत्रका खाजाघर तथा रेष्टुरेन्टमा प्रहरी छापा, २८ पक्राउ !

काठमाडौँ । नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेक्रमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेक्रका खाजाघर तथा रेष्टुरेन्टमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई बिहीबार साँझ पक्राउ गरेको हो।

Advertisement

महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले गोङ्गबु नयाँ बसपार्कमा दिउँसै अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासोका आधारमा छापा मारिएको जानकारी दिनुभयो।

पक्राउ पर्नेमा १५ पुरुष र १३ महिला छन् । छापा मार्ने क्रममा गोङ्गबु बिजीमल नजिक सञ्चालन भएको पूजा रेष्टुरेन्टमा अनैतिक क्रियाकलाप हुने गरेको भन्दै सोही रेष्टुरेन्टका सञ्चालक सौगात क्षेत्रीलाई सोधपुछ गर्न खोज्दा क्षेत्रीले जाँच नगर्नु भनी प्रहरीलाई रु १८ हजार दिन खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ।

पछिल्लो समय नेपाल प्रहरीले अनैतिक क्रियाकलाप हुने क्षेत्रलाई लक्षित गरेर विशेष ‘अपरेसन’ सञ्चालन गरेको छ । गत हप्तामात्र प्रहरीले सादा पोशाकमा प्रहरीलाई खटाएर अनैतिक क्रियाकलापमा संलग्न १२५ लाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो।

More News last news
Loading...