यी उपायबाट हटाउनुहोस् वास्तु दोष, हुनसक्छ धन लाभ

एजेन्सी । ज्योतिष शास्त्रमा विभिन्न चीजको उपयोग गरिने गरिन्छ। परफ्युमको उपयोग बासनाका लागि गरिन्छ। तर अलग अलग चीजबाट बनेको परफ्युम ज्योतिषको उपायमा पनि प्रयोगमा आउने गर्दछ।

ज्योतिषाचार्य प्रविण द्धिवेदीका अनुसार परफ्युमको उपयोग प्राचिनकालदेखि हुँदै आएको थियो। चन्दन, गुलाब जस्ता चिजबाट परफ्युम बनाइने गरिन्छ। आज हामी तपाईलाई परफ्युमको बारेमा जानकारी दिदैछौँ।

Advertisement

१) कुण्डलीमा राहु अशुभ स्थानमा भएमा वा राहु महादशा चलिरहेको छ भने हरेक दिन चन्दनको फरफ्युम पानीमा राखेर नुहाउनुहोस्। जसको प्रयोगबाट राहुको अशुभ असर कम हुने गर्दछ।

२) पति पत्नीबीच हरेक दिन विवाद हुने गर्दछ भने कुनै बिहीबार श्रृगारको परफ्युम भगवान विष्णुलाई चढाउनुहोस्। यसो गर्दा पति पत्नीबीचको विवाद कम हुने गर्दछ।

३) धन लाभ चाहनुहुन्छ भने शुक्रबार गुलाबको परफ्युम माता लक्ष्मीलाई चढाउनुहोस्। यो उपाय अप्नाउदा तपाईको मनोकांक्षा पुरा हुन सक्छ।

४) शनि दोषबाट समस्याग्रस्त हुनुन्छ भने शनिबार कस्तुरीको परफ्युम शनिदेवलाई अर्पित गर्दा शनिदोष हट्ने विश्वास गरिन्छ।

५) हनुमानको कृपा पाउन चाहनुहुन्छ भने मंगलबार हनुमानको मुर्तिको दुबै काँधमा परफ्युम छिट्नुहोस्। जसबाट तपाईको हर समस्या दुर हुन सक्छ।

More News last news
Loading...