एजेन्सी । सुन्दर देखिने चाहना सबैको हुन्छ। तर हामीले कहिले काही यस्ता गल्ती गरिरहेका हुन्छौँ, जुन जसले गर्दा अनुहारको सौन्दर्य र चमक हराइरहेको हुन्छ। सुन्दर बन्न धेरै उपाय अप्नाउने तर जीवन शैलीमा ध्यान नदिदा पनि तपाईले आफ्नो सौन्दर्य गुमाइराख्नु भएको हुनसक्छ। आज हामी राति सुत्दा गरिने केही गल्तीका बारेमा जानकारी दिदैछौँ, जुसले तपाईको अनुहारको चमक हराइरहेको हुनसक्छ।
सुत्ने बेला नगर्नुहोस् यी गल्ती
पेट थिचेर सुत्ने
तपाईको सुत्ने पोजिसन यस्तो नहोस्, जसले स्वासप्रश्वास प्रक्रियामा बाधा उत्पन्न गर्छ। खासगरी पेटको बलले सुत्नु हानिकारक हुन सक्छ । यसरी सुत्दा तपाईको शरीरका कति अंगहरुमा प्रत्यक्ष असर पुग्छ र कार्य,संचालनमा बाधा पुग्छ। यही कारण अन्य शारीरिक समस्यासँगै अनुहारको चमक पनि हराउँछ।
फोहोर सिरानीमा सुत्नु
यदि तपाई फोहोर, भद्दा सिरानी प्रयोग गर्नुहुन्छ भने त्यसलाई परिवर्तन गर्नुहोस्। किनकी त्यसले पनि तपाईको अनुहारको चमक हराइरहेको हुन सक्छ। सुत्नका लागि रेशमको सिरानी सबैभन्दा उपयोगी मानिन्छ ।
सुत्नुअघि फोनको प्रयोग
धेरैको बानी हुन्छ, ओछ्यानमा ढल्किसकेपछि मोवाइल चलाउने । यसले तपाईको निन्द्रा खलबल्याउने त छदैछ, अनुहारको चमक पनि हराइदिन्छ । मोवाइलको प्रकाशको सोझो असरले अनुहारको छालामा हानी पुर्याउछ।
कपाल फिजाएर सुत्ने
यदी राती सुत्दा कपाल खोलेर फिजाउने बानी छ भने त्यसले अनुहारको छालामा केहि न केही असर गर्छ । खासगरी कपालमा लगाइएको तेल एवं क्रिमले अनुहारको छालाको रोमछिद्र बन्द गर्न सक्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
