व्यापार व्यवसायमा लगातार घाटा भइरहेको छ ? यी उपाय अप्नाउनुहोस्, हुनेछ नाफैनाफा

एजेन्सी । कयौँ पटक व्यापारमा लगातार नोक्सानको सामना गर्नुपर्ने हुन्छ। धेरै प्रास गर्दा पनि यसको समाधानको उपाय निकाल्न मुस्किल पर्दछ। यस्तो अवस्थामा बास्तु शास्त्रका अनुसार आफ्ना पसल वा अफिसमा यी साना साना कुराको ध्यान राख्दा पनि सबै समस्या हट्न सक्छ। र व्यापारमा वृद्धी हुन सक्छ।

१)अफिस वा पसलमा मालिकको कोठा सबै भन्दा पहिले नबनाउनुहोस्। किनकी वास्तुशास्त्रका अनुसार यसलाई सही मानिदैन्।

Advertisement

२) अफिस वा पसलको कुनै कोठाको ढोकाको सामुन्ने टेबुल नराख्नुहोस्। ढोका अगाडिको भाग खाली छोड्नु राम्रो मानिन्छ।

३) अफिस वा पसलको भित्तामा नीलो, कालो जस्तो रंगको प्रयोग नगर्नुहोस्। त्यसको ठाउँमा सेतो, क्रिम, पहेलो रगंको प्रयोग गर्नु राम्रो मानिन्छ।

४) अफिस वा पसलमा पानीको व्यवस्था उत्तर, पूर्व दिशामा राख्नु राम्रो मानिन्छ। यसो गर्दा व्यापारमा वृद्धि हुने गर्दछ।

५) कम्युटर, बिजुलीसँग जोडिएका मेमिन दक्षिण पूर्ण दिशामा राख्नु राम्रो हुन्छ। विजुलीसँग सम्बन्धीत कामका लागि उक्त स्थान निकै शुभ मानिन्छ।

More News last news
Loading...