कहिलै नदिनुहोस् उपहारमा यी चीज, लिने र दिने दुबैका लागि हुन्छ अशुभ

एजेन्सी । हामीले हरेक शुभ अवसरमा एक अर्कालाई उपहार दिने गर्दछौँ। विवाह होस् वा बर्थडे पार्टी, कोही फेस्टिवल होस् वा कुनै शुभ अवसर। हरेक व्यक्तिले शुभकामनासँग सँगै स्वच्छ भावनाले उपहार दिने गर्दछन्। तर फेंगशुई र वास्तुमा यस्ता ५ चीज उपहार दिन नहुने उल्लेख गरिएको छ। यस्तो उपहार दिदा आपसी सम्बन्धमा नकारात्मक असर पर्ने शास्त्रमा उल्लेख छ।

उपहारमा नदिनुहोस् यी ५ चीज

Advertisement

पानीसँग सम्बन्धीत चीज
धेरै यक्तिले पानी बग्ने खाले शो पिस जस्ता बस्तु उपहार दिने गर्दछन्। तर वास्तुमा यस्ता चीज उपहारका रुपमा दिनु अशुभ मानिन्छ। यस्ता बस्तु उपहार दिदा मानिसले पैसाको कमी वा आर्थिक समस्याको सामना गर्नु पर्ने हुन्छ।

आफ्नो प्रोफेशनसँग सम्बन्धीत बस्तु
कुनै अवसरमा आफ्नो प्रोफेशनसँग सम्बन्धीत बस्तु उपहार दिन अशुभ मानिन्छ। यसो गर्दा आर्थिक कारोबारमा नोक्सानीको सामना गर्नु पर्ने हुन्छ।

भगवानको मूर्ति वा तस्वीर
वास्तुका अनुसार भगवानको मूर्ति वा तस्वीर उपहार दिनु राम्रो मानिदैन्।

धारिलो चीज
वास्तुशास्त्रका अनुसार धारिलो चीज जस्तै चक्कु, कैँची, तलवार आदी बस्तु उपहार दिनु अशुभ मानिने गरिन्छ।

रुमाल
कुनै पनि अवसरमा रुमाल उपहार दिनु राम्रो मानिदैन्। वास्तुशास्त्रका अनुसार रुमाल उपहार दिदा एक आपसमा नकारात्मकता फैलिने गर्दछ।

More News last news
Loading...