बाबुरामलाई फेरि झड्का, नयाँ शक्तिका असन्तुष्ट नेता नेकपा प्रवेश गर्दै

काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँशक्ति पार्टीले फोरमसँग एकता गरेपछि सो समूहमा असन्तुष्टि बढेको छ । असन्तुष्टहरुले छुट्टै भेलाको आयोजना गरेका छन् ।

भेलामा पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमालका साथै देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राईलगायत उपस्थित थिए।

Advertisement

भेलामा सहभागी नेताहरुले पार्टी कमिटीलाई औपचारिकतामात्र सीमित गरेको तथा पार्टी एकता गर्नुपूर्व छलफल नभएकोमा असन्तुष्टि जनाएका छन्।

असन्तुष्ट समूहका केही नेता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रवेश गर्ने तयारी छ।

More News last news
Loading...