तेह्रथुम । तेह्रथुमको फेदाप गाउपालिका–२ साबिक ओयाक्जुङ–८ मझुवाका खड्क बहादुर जोगी युएईको जेलबाट मुक्त भई आफ्नौ घरमा आइपुगेका छन्।
करिब ७ वर्ष लामो जेल जीवनबाट मुक्त भई गत बिहिवार बिहान ४ बजे नेपाल आइपुगेका जोगी मंगलबार घर पुगेका हुन्। जोगी घर आउँदा स्थानीयहरू बाजागाजा सहित स्वागत गरेको थिए ।
जेल जीवन पश्चात् उनका शुभेच्छुकहरुले संकलन गरेको २ लाख दिराम (करिब ६१ लाख रुपैयाँ) ब्लडमनी बुझाएका कारण जोगी जेल मुक्त भएका खड्ग जोगी बचाउ अभियानका संयोजक देव बास्कोटाले ईजराईयलबाट जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
