काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा सार्वजनिक भएको छ।
अमेरिकी डिभी चिठ्ठाका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा पाउनेछन्। गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो।
डिभी चिठ्काको नतिजा https://www.dvlottery.state.gov/ मा क्लिक गरेर हेर्न सकिन्छ । डिभी भर्दा पाएको कन्फरमेसन नम्बरका आधारमा आफुँलाई डिभी पर्यो कि परेन जानकारी लिन सकिन्छ।
डिभीको नतिजा न्यूयोर्कको स्थानीय समय अनुसार आज मंगलबार दिँउसो १२ बजेपछि सार्बजनिक भएको हो। भर्खरै रिजल्ट आएको हुँदा रिजल्ट हेर्न केही समय लाग्न सक्ने छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
