कोटेश्वरमा शंकास्पद वस्तु फेला, नेपाली सेनाद्वारा डिस्पोज

काठमाडौं । काठमाडौँको व्यस्त सहर कोटेश्वरको बीच सडकमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ।

नेपाली सेनाका प्रवक्ता वित्रानदेव पाण्डेले कोटेश्वरबाट जडिबुटीतर्फ जाने बाटोमा भेटिएको शंकास्पद झोला सेनाको टोलीले डिस्पोज गरेको जानकारी दिए।

Advertisement

शंकास्पद वस्तु स्थानीयले देखेपछि तत्कालै प्रहरीलाई खबर गरेसँगै घटनास्थलमा नेपाली सेनाको टोली पुगेको थियो।

More News last news
Loading...