को बन्छ करोडपति, सानो कुरामा ध्यान नदिँदा फुत्कियो यत्रो रकम (भिडियोसहित)

काठमाडौँ । नायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रम ‘को बन्छ करोडपति’ शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण हुन्छ।

कार्यक्रममा एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ। कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फास्टेस्ट फिंगरको लागि चुनिनेछन्।

Advertisement

यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्।

हिजो प्रसारित एपिसोड ३९ मा ललितपुरकी कल्पना अधिकारी सहभागी भएकी छिन्, उनले को बन्छ करोडपतिबाट ३ लाख २० हजार रुपैयाँ जितेकी छिन्। उनले शुरुवातमा राम्रो खेलिरहेकी थिइन्। ६ लाख ४० हजारको प्रश्न समेत मिलाएकी उनले १२ लाख ८० हजारको प्रश्न गल्ती गर्दा ३ लाख २० हजारमा झर्नु परेको थियो।
हेर्नुहोस् भिडियो

More News last news
Loading...