लमजुङ । यही बैशाख १८ गते अञ्जली कुमालको बिहे सम्पन्न हुँदै थियो। लमजुङको राईनास नगरपालिका ४ बाट गोरखाको पालुङ्टार नगरपालिका ४ कुमाल गाउँमा जन्ति आएका थिए।
गोरखाकी अञ्जलीको बिहेका लागी आएका एक गाडी जन्तिहरु बिहेमा रमाईलो गरे, आमा जानुका कुमालले छोरी अन्माएर पठाईन्। छोरी अन्माउदा जन्तीसंगै आएको बस घर आगनमा आएन, उनीहरुले करिब १०० मिटर टाढासम्म छोरी बोकेर बसमा छोडेर घर आए। दुलही लिएर बस हिड्यो तर दुलही घरको करिब २०० मिटरमा बस रोकियो स्थानीय युवा र जन्तीका युवाहरु बीच झगडा भयो, स्थानीयको कुटाईबाट दुल्हाका दाजुको निधन भयो।
घटनामा संलग्न भएको आरोपमा १२ पुरुष र ४ महिलालाई गोर्खा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ। दिउँसो बसका चालकले नजिकैको रेष्टुरेन्टमा गएर रक्सी खाएको र साहुनीलाई जिस्काएको कारण उनका श्रीमानले उक्त घटना घटाएको स्थानीयको आरोप थियो।
हेरौं यो स्थलगत रिपोर्ट
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
