हेटौंडा । शुक्रबार हावाहुरी सँगै परेको चट्याङ लागेर मकवानपुरमा २७ वर्षीया एक महिलाको ज्यान गएको छ भने एकजना घाईते भएका छन् ।
मृत्यु हुनेमा जिल्लाको गढी गाउँपालिका फूलमाया पाख्रिन रहेको रहेकी छन् । त्यसैगरी घाइते हुनेमा ५० वर्षीया बृन्दा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
उनिहरु गाईबस्तु चराउन गएको बेला चट्याङले लागेको स्थानीयहरुको भनाई छ । घाइते रहेकी बृन्दाको उपचारका लागि हेटौंडा पठाईएको प्रहरीले जनाएो छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
