काठमाडौँ । नेपालमा पहिलो पटक बर्डफ्लूको संक्रमणका कारण एक जनाले ज्यान गुमाएका छन्। चरा र कुखुरालगायत पंक्षीमा देखिएको बर्डफ्लू मानिसमा सरेर एक नेपालीको मृत्यु भएको हो।
स्वास्थ्य मन्त्रालयले काभ्रेका २१ वर्षीय एक युवकको बर्डफ्लू (एच फाइब एन वान) बाट ज्यान गएको पुष्टि गरेको छ। ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो। तर उनको श्वासप्रश्वासमा समस्या भएर गएको चैत १५ गते नै ज्यान गएको थियो।
बिरामी भएर उपचारका लागि अस्पताल पुर्याइएका ती युवकको र्यालको परीक्षण पछि उनलाई बर्ड फ्लू भएको भन्ने पुष्टि भएको हो।
नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो। घटनाको जानकारी गराउन बिहीबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरिएको थियो। सम्मेलनमा मृतकको नाम भने खुलाइएको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
