काण्डैकाण्डको सरकारः वाइडवडीमा रबिन्द्र, खुल्लामञ्चमा मेयर र बालुवाटारमा बिष्णुलाई जोगाइयो

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले ओली नेतृत्वको सरकार आफ्न्तलाई जोगाउने र विपक्षलाई सिध्याउने अभियानमा लागेको आरोप लगाएका छन्।

वाइड बडी काण्ड, सुनकाण्ड, खुल्लामञ्च काण्ड र बालुवाटार काण्डले घेरिएको यो सरकार इतिहासकै सबैभन्दा बढी काण्ड मच्याउने सरकार भएको पनि नेता पौडेलको दाबी छ।

Advertisement

आज नेपाली काँग्रेस भुम्लो गाउँपालिका काँभ्रेद्वारा काभ्रेको मानेडाँडाँमा आयोजना भएको वृहत आमसभालाई सम्बोधन गर्दै युवा नेता पौडेलले अहिलेको सरकार भ्रष्टाचारमा गाँजिएको र भ्रष्ट्राचारीलाई संरक्षण दिइरहेको आरोप लगाएका हुन्।

आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘सरकारले आफ्नो दम्भ देखाएर गणतन्त्र र लोकतन्त्रमाथि नै प्रश्न चिन्ह उठाएको छ। आडम्भको खोल ओढी जनताका सामु नुनको सोझो बन्न खोजेको छ। ठूला भ्रष्टाचारीलाई संरक्षण र विपक्षीलाई अपराधि बनाउने काम गरिरहेको छ।’

बाम सरकारले निश्पक्ष छानविन गर्न छोडेर वाइड बडी काण्डमा तत्कालिन मन्त्री स्व रबिन्द्र अधिकारीलाई, खुल्लामञ्चमा मेयर र बालुवाटारमा बिष्णु पौडेललाई जोगाएर यसको उदाहरण पेश गरेको छ।

खुल्लामञ्चमा सटर भत्काएर मात्र ओली सरकार पन्छिन् खोजेको आरोप लगाउँदै नेता पौडेलले त्यहाँका व्यापारीलाई अन्याय गरेको बताए। उनले भने, ‘मुख्य आरोपीलाई कानुनी कडघरामा उभ्याउनुको साटो उल्टै संरक्षण गरेर ओली सरकारले लेनिन माक्सवादको बेईजत गर्यो। यस्तै काण्डका कारण यो सरकार बाम गठबन्धन नभई दाम गठबन्धन सावित भएको छ।’

बहुमत प्राप्त गरेको सरकारले आफ्नो शक्ति आफ्नामाथि प्रयोग गर्दै जनतालाई नंग्याउने काम गरिरहेको पौडेललेको आरोप छ। उनले जनताका आँखामा धुँलो छर्न पुराना उपलब्धिलाई देखाएर सरकारले त्यसको जस आफूले लिएको पनि बताए ।

उनले भने, ‘सरकारले अरुले गरेका पुराना कामलाई पनि आफैले गरेको भन्दै आफ्नो दुनो सोच्याउने काम गरिरहेको छ। २०६४ सालमा गिरिजाबाबुको पालामा सुरु भएको मध्यपहाडी राजमार्गलाई पनि सरकारले आफ्नै पार्टीका नेता पुष्पलाल श्रेष्ठको नाम दिएर पुष्पलाल राजमार्ग नामाकरण गर्यो। यो कतिसम्म नालायकपन हो ?’

सरकारले जनताको इच्छालाई मारेर आफ्नो शक्ति प्रदर्शन गरिरहेको बताउँदै पौडेलले अब देशको विकासका लागि बैकल्पिक शक्ति रुपमा काँग्रेसले सरकार जलाउनु पर्ने धारण राखे। उनले ओली नेतृत्वको सरकारका कारणले अहिले देशको यो अवस्था आएको भन्दै गरिब जनताको पसिना चुसेर देशको ढुकुटीमा लुट मच्याइरहेको पनि दाबी गरे।

कार्यक्रममा नेपाली काँग्रेसका डा शेखर कोइराला, बहादुरसिंह लामा, शिव हुँमागाई, मधु आचार्यलगायतले बोलेका थिए।

More News last news
Loading...