माईक्रोसँग ठोकिएपछि सडकमा लडेका २ व्यक्तिको ट्रकले किचेर घटनास्थलमै मृत्यु

धादिङ । धादिङको गल्छीमा पर्न पृथ्वी राजमार्गमा ट्रकले किचेर २ जनाको घटनास्थलमै ज्यान गएको छ। धादिङको गल्छी गाउँपालिका ४, बेल्खुमा बुधबार दिउँसो भएको दुर्घटनामा मोटरसाईकलमा सवार २ जनाको ज्यान गएको हो।

मोटरसाइकल र माइक्रोबस एक आपसमा ठोक्किएर भएको दुर्घटनापछि पछाडिबाट आएको ट्रकले किच्दा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

Advertisement

चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकल र काठमाडौँबाट नवलपरासीतर्फ जाँदै गरेको बा ४ ख ५१०३ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किएपछि मोटरसाइकलमा सवार काठमाडौँ चन्द्रागिरी ५ का २९ वर्षीय राज महर्जन र वडा नम्बर १२ का ३० वर्षीय कवि कुमार महर्जन सडकमा लडेका थिए।

सोही समयमा चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ५६१४ नम्बरको ट्रकले किच्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।

उक्त दुर्घटना लगत्तै ट्रक र माईक्रोबसका चालकलाई पक्राउ परी अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ।

More News last news
Loading...