आज धनको वर्षा हुने यी ४ राशिको भाग्य हेर्नुहोस्

आज मिति २०७६ साल वैशाख १७ गते, मंगलबार । इश्वी सन् २०१९ अप्रिल ३० तारिख, शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– एकादशी ।

मेष
ग्रह,गोचर ठीकै देखिन्छ । समयमा कार्य सम्पादन गर्नेतिर जोड दिनु होला । प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ। आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । समयको सदुपयोग गर्नु होला । धन लगानी नगर्नु होला । ढिला सुस्ति भएमा उपलब्धि कम हात लाग्नेछ ।

Advertisement

सिंह
विवादित विषयको टुङ्गो लाग्नेछ । लडाईमा जीत हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । प्रयत्न गर्नु भयो भने नयाँ फल चाख्न पाईनेछ । आयत निर्यात व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । रजोगुण बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । काममा विलम्ब गरे घाटा हुनेछ ।

धनु
समयले सामान्य साथ दिनेछ काममा कत्ति पनि विलम्ब नगर्नु होला । काम गर्ने वातावरण थोरै बन्नेछ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रो हुनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । काम गरेर अरुबाट प्रशंसा भने पाईने छैन,उल्टो कुरा काट्ने छन् । आर्थिक कारोवारमा भने सचेत रहनुहोला ।

कुम्भ
शरीरिक एवं मानसिक स्फूर्ति घट्ने छैन । काममा देखिएका समस्या कम भएर जाने छन् । अनावस्यक खर्चमा थोरै कमी आउनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । भोज भतेर,सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । धार्मिक कार्यमा सहभागि हुन पाईनेछ । सहयोगी मन भेटिने छन् । भौतिक चिन्तान बढि हुनेछ।

More News last news
Loading...