घरमा सुख, समृद्धि बनाइराख्नको लागि वास्तुमा कयौँ टिप्सहरु बताएका छन् । वास्तुका अनुसार घरमा मनी प्लान्ट लगाउँदा घरको वातावरण सकारात्मक बनाइराख्नुका साथै धनसम्बन्धी आइरहने बाधाहरु हटाउँछ । भारतको कोलकाताकी वास्तु विशेषज्ञ डाक्टर दिक्षा राठीले मनी प्लान्ट सँग जोडिएको केहि खास जानकारी दिएकी छन्, जुन थाहा पाइराख्नु आवश्यक छ।
मनी प्लान्टको पुरा ध्यान राख्नु अत्ति आवश्यक छ, नत्र यो प्लान्टबाट पुरा लाभ पाउन सकिँदैन।
मनी प्लान्ट जत्ति हरा-भरा हुन्छ, उत्ति नै शुभ मानिन्छ । यसको पात मर्नु, सुक्नु र पहेँलो या सेतो हुनु अशुभ मानिन्छ। त्यसकारण यसको खराब पातहरु तुरुन्त हटाइ दिनुपर्छ।
मनी प्लान्ट एक बेल हो, त्यसैले यो माथि-माथि चढ्नु पर्छ । जमिनमा फैलिएको मनी प्लान्टले वास्तु दोष बढाउँछ।
कुन दिशामा मनी प्लान्ट लगाउने ?
मनी प्लान्टको बोटलाई घरमा लगाउनका लागि आग्नेय कोण यानिकी दक्षिण-पूर्व दिशा सबभन्दा राम्रो मानिन्छ । यो दिशामा यो बोट लगाउँदा घरमा सकारात्मक उर्जा बढ्छ ।
मनी प्लान्टलाई दक्षिण-पूर्व दिशामा लगाउनुका कारण यो दिशाको कारक ग्रह शुक्र हो । शुक्र ग्रह बेल अथवा लता वाला बोटको पनि कारक हो । शुक्रको दिशामा उसैको बोट मनी प्लान्ट लगाउँदा शुभ फल पाउन सकिन्छ ।
कुन दिशामा लगाउन हुँदैन ?
मनी प्लान्टलाई ईशान कोण यानिकी उत्तर-पूर्व दिशामा लगाउन हुँदैन। ईशान कोणको कारक बृहस्पति ग्रह हो । शुक्र र बृहस्पति, दुवै एक अर्काका शत्रु हुन् । यसकारण ईशान कोण अर्थात् उत्तर-पूर्व दिशामा शुक्र ग्रहको बोट लगाउनु हुँदैन ।
कस्तो ठाउँमा लगाउने ?
मनी प्लान्टलाई यस्तो ठाउँमा लगाउनुपर्छ, जहाँ अधिक घाम नआओस्। यसलाई घरभित्र पनि राख्न सकिन्छ । मनी प्लान्टलाई पानीमा राख्दा ज्यादा राम्रो हुन्छ । हरेक हप्ता यसको पानी फेर्नुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
