घरमा राख्नुहोस् यस्ता चिज, कहिल्यै हुनेछैन धनको अभाव

एजेन्सी । धन आर्जन गर्नका लागि कडा परिश्रम त गर्नुपर्छ नै तर ज्योतिषशास्त्रअनुसार यस्ता केही उपाय छन् जसले गर्दा धनको अभाव टरेर जान्छ । यी उपाय गर्नाले घरमा सधै सकारात्मक उर्जा प्रवाह हुनुको साथै स्वास्थ्यलाई पनि लाभ मिल्ने र धन सम्बन्धि समस्या हटेर जाने ज्योतिषिय मान्यता रहेको छ ।

तीन खुट्टे मेढकः तीन खुट्टा भएको मेढक निकै भाग्यशाली मानिन्छ। मुखमा सिक्का लिएको तीन खुट्टे मेढक को उपस्थिति निकै महत्त्वपूर्ण हुन्छ। यसलाई घरको भित्र दराजमा राख्नुस। यसलाई भान्सा वा बाथरुममा नराख्नुस नत्र दुर्भाग्य हुनेछ ।

Advertisement

तीन सिक्काः घरको दराजमा रातो रिवनले बानेको सिक्का झुन्ड्याउदा घरमा धन र समृद्धि आउँछ। मात्र तीन सिक्का त्यो पनि दराज भित्र। बाहिर सिक्का राखेमा लक्ष्मी दैलोमा रहने मानिन्छ।

लाफिङ बुद्धः यदि तपाइलाइ सफलता चाहिएको छ भने लाफीङ बुद्धले अवस्य सहयोग गर्नेछ। तपाईंको लिबिन रुमको मुख्य ढोकामा यो राख्नुस। यो शुभ मानिन्छ।यसले सफलता र धन प्राप्तिमा सहयोग गर्छ।

गोल्डेन फिसः माछा राख्नु सौभाग्य , धन, मान सम्मानमा वृद्धि गर्नु हो। गोल्डफिस आफ्नो सुत्ने कोठा, भान्सा वा ट्वाइलेटमा कहिल्यै नराख्नु। माछालाई आफ्नो ड्रइङ रुममा राख्नुस।

More News last news
Loading...